बढ्यो सुनको भाउ

काठमाडौँ । आज सुनको भाउ बढेको छ।

बिहीबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको भाउ आज २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला रु ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला रु १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार