दिया सौतेनी छोरीसँगको डान्स गरेकाे भिडियो भाइरल

नयाँ दिल्ली । बलिउड अभिनेत्री तथा पर्यावरणविद् दिया मिर्जा गत वर्ष आफ्नो विवाहलाई लिएर चर्चामा थिइन् ।

बिहे गरेको केही दिनपछि नै उनीहरुको सन्तान जन्मेको भन्दै थप चर्चा चल्यो । तर, यसबाहेक दियाले आफ्नो र सौतेनी छोरी समाइरा रेखीको बन्धनबाट सबैलाई चकित पारेकी छिन् ।

विवाहपछि दुवैको केमेस्ट्री धेरै पटक बाहिर आएको छ । अहिले दियाले एक डान्स भिडियो सेयर गरेकी छिन् जसमा उनी अदारासँग नाचिरहेको देखिन्छिन् ।

दिया मिर्जाले आफ्नी सौतेनी छोरी समाइरा रेखीसँग विश्व प्रसिद्ध गायक एकोनको गीतमा नाच्दै गरेको भिडियो शेयर गरेकी छिन् । दियाले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा आमा छोरीको जोडी मिल्दोजुल्दो पायजामा लगाएर एकोनको गीत बान्जामा नाचिरहेको देखिन्छ।

उनले भिडियोको क्याप्सन लेखेकी छन्, ‘जंगली बन्नुहोस् । स्वतन्त्र हौ हामी सधैं सँगै नाच्नेछौं । यो भिडियोलाई अहिलेसम्म ९३ हजार ६ सयभन्दा बढी लाइक प्राप्त भइसकेका छन् । मानिसहरूले दुवैको जोडी र प्रेमको तारिफ गरिरहेका छन् । धेरैले दियाको टेरेस गार्डनको तारिफ पनि गरिरहेका छन् ।

समाइरा दियाका पति वैभव रेखी र पूर्व पत्नी सुनैनाकी छोरी हुन् । दिया र वैभव रेखीले गत वर्ष एक निजी समारोहमा विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार