ललिता निवास प्रकरण: सुबेदी दम्पती छुटे

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुबेदी छुटेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार सुवेदी दम्पतीलाई अनुसन्धानको क्रममा बोलाइएको बेला उपस्थित हुने सर्तमा मंगलबार छाडिएको हो ।

सीआईबीले गत पुष ७ गते स्वम्भुबाट ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा तत्कालिन मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले मुख्य बिचौलिया शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी कागजात कीर्ते गरेको खुलेको सीआईबीको दाबी छ।

यसअघि ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर सीआईबीको अनुसन्धान फितलो देखिएको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार