एकैदिन २ हजार ४४४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्ल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या गत असोज महिना यताकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरमा १५ हजार ०३३ नमूना परीक्षण गर्दा २४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पिसिआर परीक्षणबाट १ हजार ९१८ र एन्टिजेन परीक्षणबाट ४३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसअघि हिजो १, ४४६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमणमुक्त भएका छन् । यसअघि हिजो २५५ जना डिस्चार्ज भएका थिए।

यसैगरी, आज मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०७ पुगेको छ।

हाल देशभर ९,५२२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार