एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ। एमालेले नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेपछि गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था गरेपछि प्रदेश अधिवेशन सारेको हो।

माघ ८ गतेका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू माघ २८ र २९ गतेका लागि सारिएको प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेले यसबारे प्रदेशमा सर्कूलर जारी गरिसकेको छ। एमालेले सबै प्रदेशमा माघ ८ गते प्रदेश अधिवेशन तोकेको थियो। एमालेको पौष २३ गते तोकिएको जिल्ला अधिवेशन अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन गर्दै सकिएकको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार