काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप

काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड(१९ भाइरसविरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो ।

सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।

जसअनुसार पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार