कस्तो रहला आज दिनभरकाे माैसम ?

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो देशभर आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार