चोरीको मुद्दामा फरार दुई जना पक्राउ

  पहिलो पेज

 69 पटक हेरिएको


घोराही । दाङ प्रहरीले चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका १ निवासी गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयले जानकारी  दिएको छ ।  ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका १ निवासी अन्दाजी १८ बर्षीय वशन्त खत्री र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षिय खेमराज चौधरी रहेकोे प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट प्रहरीले सुनको बाला ५ थान, मंगलसुत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक थान मोबाइल सेट बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार