कस्तो रहला आज दिनभरकाे माैसम ?

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल देशका अधिकांश भू-भागमा, आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ मा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ ।

यस्तैै सुदूरपश्चिम प्रदेशको केही भूभागमा हल्का वर्षा भइरहेको छ। पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सुरकुहिरो लागेको महाशाखाको भनाइ छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ।त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसउार देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने सम्भवाना छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार