के बियर पिउनाले पत्थरीबाट छुटकारा मिल्छ ?

काठमाडौँ । पत्थरी को दुखाइ धेरै खतरनाक छ। यो जब उठ्ने गर्दछ तब मानिसको सहनशक्तिले पनि जबाफ दिने गर्दछ । । यस्तो अवस्थामा मानिसको चाहना हुन्छ कि जे गरेर भएपनि मिर्गौलाबाट पत्थरी निस्कियोस् । पत्थरी जब सानो आकारमा हुन्छ त्यसलाई धेरै पानी र पदार्थ सेवन गरेर पिसाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । तर यदि यो पत्थरी आकारमा ठूलो छ भने अपरेशन गर्ने मात्र विकल्प रहन्छ ।

कतिपय मानिसले पत्थरी हटाउन धेरै घरेलु उपाय पनि अपनाउने गर्छन् । इन्टरनेट यस्ता उपायहरूले भरिएको छ। यी मध्ये एउटा उपाय सबैभन्दा लोकप्रिय छ र त्यो हो बियर सेवन गर्नु। तपाईले धेरैको मुखबाट पनि सुन्नु भएको होला कि यदि तपाईलाई पत्थरी छ भने बियर पिउन थाल्नुस् तपाईको पत्थरी हट्नेछ । के यो साँच्चै हुन्छरु के बियरले तपाईंलाई पत्थरीबाट मुक्ति दिन्छ त रु आउनुहोस् यस बारे सत्यता पत्ता लगाउनुहोस्।

अनुसन्धानले के भन्छ ? : अनुसन्धानका अनुसार बियर सेवन गर्ने मानिसमा पत्थरी हुने सम्भावना ४१ प्रतिशतले कम हुन्छ । यसको कारण बियरको सेवनले पिसाब बढी आउँछ । यस पिसाबबाट शरीरमा रहेका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

बियरबाट यसरी निस्कन्छ पत्थरी : विज्ञहरुका अनुसार बारम्बार पिसाब गर्न जाँदा मिर्गौलामा दबाब पर्छ । यो दबाबका कारण मिर्गौलाबाट पत्थरी निस्कन्छ। तर, यो पिसाब मार्फत मात्र साना पत्थर हटाउन सम्भव छ। यदि तपाईलाई ठूलो पत्थरी छ भने, यो पिसाब मार्फत बाहिर निस्कन सम्भव छैन।

अधिक बियरले पत्थरीको जोखिम बढाउन सक्छ : केही अनुसन्धानलाई विश्वास गर्ने हो भने बियरको बढी सेवनले पत्थरीको समस्या समाधान हुनुको सट्टा बढ्न सक्छ । यी अध्ययनका अनुसार बियरको अत्यधिक सेवन गर्ने मानिसमा पत्थरीको समस्या हुने सम्भावना बढ्छ । यसको कारण के हो भने धेरै मात्रामा बियर पिउनाले शरीरमा डिहाइड्रेसन हुन सक्छ। साथै, बियरमा अक्सालेट पनि हुन्छ, जसका कारण शरीरमा पत्थरी बन्ने खतरा बढ्छ ।

पत्थरीबाट छुटकारा पाउन बियर पिउने कि नपिउने : अब चाँडै निष्कर्षमा जाऔं। यदि तपाईले धेरै बियर सेवन गर्नुहुन्न भने, यसले तपाईको मिर्गौलाबाट पत्थरी हटाउन मद्दत गर्दछ। त्यसैले पत्थरीको समस्याका लागि बियर पिउनुहुन्छ भने यसको धेरै सेवन नगर्नुहोस्, अन्यथा यो रोग बढ्न सक्छ । खैर, पत्थरी निकाल्नको लागि धेरै भन्दा धेरै पानी पिउनु पर्छ।

पत्थरी हटाउने घरेलु उपाय : पत्थरी हटाउने अन्य घरेलु उपचारको कुरा गर्ने हो भने यसमा कागतीको जुस, प्याज, गाजरको जुस, भुइँकटहरको जुस र उखुको जुस आदि लाभकारी मानिन्छ । (द हिन्दी न्युज(अंग्रेजी) भाअनुवाद)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार