युवराज ज्ञवालीले भने, ‘माधव नेपालले भिरबाट हाम फाल्नुभयो, काध थाप्न सकिएन’

  पहिलो पेज

 95 पटक हेरिएको

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी विभाजन गरेर माधव नेपालहरुले ठूलो गल्ती गरेका बताएका छन् ।

नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवसेनलाई सम्बोधन गर्दै उनले पार्टी विभाजन गरेकोमा माधव नेपाल र झलनाथ खनालहरुहरुलाई गल्ती गरेको महशुस हुँने बताएका हुन् । ‘पार्टी नफुटाउनुस् भनेर माधवजीहरुलाई व्यक्तिगतरुपमा धेरै सम्झाए, उहाँहरु मान्नु भएन’ उनले भने, ‘त्यो दिन आउँछ, माधव र झलनाथजीहरुलाई विगतमा पार्टी विभाजन गरेर गल्ती गरेको महशुस हँुनेछ ।’

उनले माधव नेपालले पार्टी विभाजन गरेर भिरबाट हाम फालेको टिप्पणी गरे । अहिले पार्टी विभाजन गरे पनि भोली एमालेमै फर्कनुपर्ने अवस्था आउने भन्दै उनले नेपाललाई पार्टीमै फर्किन समेत आग्रह गरे ।

पार्टीका उपाध्यक्ष ज्ञवालीले नेकपा एमालेको फुटले थोरै धक्का लागे पनि पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने नयाँ अवसर सिर्जना भएको उल्लेख गरे । ‘एमालेलाई गुटबन्दी अन्त्य गर्ने एउटा एतिहासिक अवसर प्राप्त भएको छ’ उनले भने ‘यो अवसरलाई सदुपयोग गर्न सकियो भने एमालेलाई गुटबन्दी रहित बनाउन सकिन्छ ।’ उनले यो अवसर पार्टी अध्यक्ष केपी ओलीलाई आएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार