१६ जिल्लामा एमालेको अधिवेशन स्थगित

काठमाडौं । नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बाँकी जिल्लाहरुको अधिवेशन भने आज भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् ।

पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको हो । सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको छ ।

त्यस्तै संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको एमालेले जनाएको छ ।

रिजालका अनुसार मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार