ए डिभिजन लिग: आजदेखि आठौं चरणका खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारदेखि आठौं चरणका खेल हुँदै छन् ।

शुक्रबार आठौं चरणका दुई खेल हुँदै छन्। शुक्रबार दिउँसो १ बजे संकटा र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुनेछ।

अहिलेसम्मका ७ खेलमा संकटाले ३ जित र ४ बराबरीसहित १३ अंक हात पारेको छ। त्यस्तै सातदोबाटोले २ जित र २ बराबरीसहित ८ अंक हात पारेको छ।

त्यस्तै पौने ५ बजे हुने खेलमा विभागीय टोली एपीएफ र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ। एपीएफले अहिलेसम्म ७ खेलमध्ये १ मा जित र ३ बराबरीसहित ६ अंक हात पारेको छ।

जावलाखेलले भने २ खेलमा जित र १ मा बराबरीसहित ७ अंक हात पारेको छ। दुवै खेल दशरथ रंगशालामा हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार