लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार