काठमाडौ । नेपाल राष्ट्र बैंकले (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६८ पैसा र बिक्री दर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ १९ पैसा र बिक्री दर १३४ रुपैयाँ ८७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ६२ पैसा र बिक्री दर १६१ रुपैयाँ ४३ पैसा छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ १२ पैसा तथा बिक्रीदर ३९४ रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै, आज बहराइन दिनार १ को खरिददर ३१४ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ३८ पैसा रहेको छ ।