उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य निर्धारण गरेको छ ।

सरकारले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ तोकेको हो । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।

किसानले ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेको थियो भने उद्योगीहरुले ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने माग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार