दिल्ली । भारतमा मुस्लिम महिलाहरुको फोटो एप्समा राखेर मूल्य निर्धारण गर्ने तीन व्यक्तिहरु गिरफ्तारमा परेका छन्।
बीबीसीहिन्दीका अनुसार ‘बुल्ली बाई’ नामक अनलाइन एप्समा मुस्लिम महिलाहरुको फोटो राखेर बोलाबोलको आह्वान गर्ने तीन पुरुषहरु बुधबारसम्म गिरफ्तार भएका हुन्।
प्रहरीका अनुसार सयभन्दा बढी महिलाको तस्बिर राखेर उनीहरुले लिलामीको आह्वान गरेका थिए। बुधबार पक्राउ परेका तेस्रो व्यक्ति उत्तराखण्डका २१ वर्षीय विद्यार्थी मायन्क रावल भएको बताइएको छ।
प्रहरीले यसअघि सोमबार र मंगलबार गरी दुई जनालाई पक्राउ गरेको थियो। सोमबार बेङगलुरुबाट इन्जिनियरिङ पढ्दै गरेका २१ वर्षीय विशाल कुमार र मंगलबार उत्तराखण्डबाट १९ वर्षीया श्वेता सिंह पक्राउ परेका थिए।
मुस्लिम महिलाका लागि अपमानजनक शब्द मानिने ‘बुल्ली बाई’ राखेर बनाइएको एपमा तस्बिरसहित सयभन्दा बढी महिलाको तस्बिरलाई लिलामीमा राखिएको समाचार बाहिर आएपछि भारत सरकारले यसबारे छानबिन गरिरहेको छ।
ती महिलाहरु बन्दी बनाएर किनबेच गर्न लागिएको हो या होइन पुरा खुल्न सकेको छैन। तर सो एप्समा आफ्नो फोटोहरु पनि देखिएपछि केही मुस्लिम महिलाहरुले प्रहरीमा उजुरी दिएका छन्।