हिउँदे वर्षा दोहोरिँदै

काठमाडाैं । हिउँदे वर्षा दोहोरिने भएको छ । दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएको छ । बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ । प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार