लुम्बिनीमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुले गराए मनोनयन दर्ता

घोराही । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेमा खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन ।

त्यसैगरी सत्तारुढ गठबन्धनका उम्मेदवारहरु नेपाली काग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा ८१ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ जना गरी २९३ मतदाता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार