हेइटीमा प्रधानमन्त्रीको ‘हत्या प्रयास’

एजेन्सी । शनिबार हाइटीको स्वतन्त्रताको वर्षगाँठको अवसरमा एक कार्यक्रमका बेला बन्दुकधारीले देशका प्रधानमन्त्री एरियल हेनरीको हत्याको कोसिस गरेका छन् ।

हाइटीका अधिकारीले यसबारे जानकारी दिएका हुन् । हेनरी उत्तर शहर गोनावेसस्थित एक चर्च समारोहमा भाग लिइरहेका थिए । सार्वजनिक भिडियोमा प्रधानमन्त्री र उनको खलको कार तीब्र गोलीबारीबीच बचेर निस्किएको देखिएको छ ।

अघिल्लो वर्ष जुलाईमा राष्ट्रपति जोवेनेल मोसेको हत्यापछि देशमा सुरक्षाको स्थिति बिग्रदैँ गइरहेको छ । समाचार एजेन्सी असोसिएटेड प्रेसका अनुसार प्रधानमन्त्रीमाथि हमला गर्ने समूह पर्दाको पछाडि लुकेर काम गर्ने र उनीहरुले चर्चका पादरीलाई धम्काएको र चर्चलाई चारैतिरबाट घेरेका थिए ।

स्थानीय मिडियालाई उद्धृत गर्दै हमलाकर्ता र सुरक्षाबलबीच भएको यो मुठभेडमा एक व्यक्तिको मृत्यु भएको र दुईजना घाइते भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार