माओवादीकाे पदाधिकारी चयन सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । २३६ सदस्यीय केन्द्री समिति घोषणा गर्दै महाधिवेशन सम्पन्न भएको हो ।

माओवादीले महाधिवेशन हलबाटै पदाधिकारी चयन गर्ने तयारी गरेको भए पनि सहमति जुट्न नसक्दा सोमबार मात्र टुंगो लगाउने भएको छ । माओवादीको विधानअनुसा १५ सदस्यीय पदाधिकारी चयन हुनेछ ।

आज केन्द्रीय समिति मात्र घोषणा गरेको माओवादीले पदाधिकारीको टुंगो भने सोमबार बस्ने केन्द्रीय कमिटी बैठबाट लगाउने नेता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीको विधानअनुसार महाधिवेशन हलबाट केन्द्रीय समिति चयन हुन्छ । उक्त समितिको बैठकले पदाधिकारी चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार