दाङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

  पहिलो पेज

 71 पटक हेरिएको


दाङ, १८ पुस । दाङमा कोरोना संक्रमणबाट आज एक जनाको मृत्युभएको छ । राप्ती गाउँपालिका लालमटियाका ६३ बर्षिया एक पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

उनलाई हिजो मात्रै कोरोना संक्रमण पुुष्टि भएको थियो । अहिले दाङका कोरोनाका सकृय बिरामी ७ जना रहेको छन् । ६ जना घरमै रहेका छन् भने एक जना आईसियु सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

बैशाख यता जिल्लामा कोरोना संक्रमित हुुनेको संख्या ९ हजार ३ सय २१ जना पुगेको छ भने ९ हजार ९५ जना निको भएका छन् । यो बिचमा २ सय १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार