खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदमा यमकान्त विजयी

  पहिलो पेज

 107 पटक हेरिएको


दाङ, १८ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदमा यमकान्त भण्डारी विजयी भएका छन् । उनले १९८६ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्दी पवनराज बुढाथोकीलाई २१९ मत अन्तरले पराजित गरेका छन् । बुढाथोकीले १७६७ मत ल्याएका छन् भने अर्का अध्यक्ष पदका उम्मेद्धार दिपक धितालले २६४ मत ल्याएका छन् ।

निर्वाचन समितीले आदिकारी विजयीको घोषणा गरेको छ । संस्थाको शनिबार भएको निर्वाचनको मतपरिणाम अनुसार कोषाध्यक्ष बाहेक अन्य पदमा ९ दलिय गठबन्धननै विजयी भएको छ ।
त्यस्तै उपाध्यक्ष पदमा सिताराम शर्मा विजयी भएका छन् । उनले २२७२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिपक्षमा रहेका गिरीधारी पौडेलले १४८५ मत ल्याएका छन् भने पुर्णप्रसाद धितालले ७१ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै सचिव पदमा सेवकराम भण्डारीले २८३८ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रतिपक्षमा रहेका दामोदर लामिछानेल ६८४ मत ल्याएर पराजित भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा भोला प्रसाद थापा विजयी भएका छन् । उनले १७०२ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै उनका प्रतिपक्षमा रहेका भद्र बहादुर वलीले १५१६ मत ल्याएर पराजित भएका छन् । मेघराज न्यौपानेले ३०४ मत ल्याएका छन् भने अर्का प्रतिपक्षमा रहेका कर्ण बहादुर वलीले ८७ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै पुरुष सदस्यमा लक्ष्मण केसीले २५६४ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै पदम बहादुर खड्काले २०७८ र शोविन्द्र चन्दले १३११ मत प्राप्त गरेका छन् । यसअघि नै महिला सदस्यहरु सहमतिमै विजयी भैसकेका छन् । संस्थामा ७ हजार ४ सय ६७ जना मतदाता रहेकामा जम्मा ४ हजार ४०५ मत मात्रै खसेको थियो ।
ब्दजबकज
ब्दजबकज द्यगमजबतजयपष्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार