महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएको छ।

गत आइतबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको हो।

महाधिवेशन प्रचार विभाग प्रमुख गोविन्द आचार्यका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले अहिले प्रवेशमा कडाइ गरिएको छ ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको आचार्यको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार