हनुमानढोकामा राखिएको शिलालेख कसले तोड्याे ?

काठमाडौं । हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड भएको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार अज्ञात समूहद्वारा बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको मल्लकालीन शिलालेख तोडफोड भएको हो।

अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोकाले अनुसन्धान गरेको अड्डाले जनाएको छ ।

तोडफोड भएको सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको अड्डाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार