राशिफल: पुस १६ गते शुक्रबार

मेष
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ ।

मिथुन
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख पनि मिल्ने छ ।

सिंह
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला
आज मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

धनु
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च पनि होला ।

कुम्भ
आज कार्यसिद्धि हुने अवसर मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कृषि कार्यमा सफलता मिल्ने छ ।

वृष
आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । प्राविधिक काम गर्ने समय छ ।

कर्कट
आज सफल भ्रमणको योग छ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्ने छ ।

कन्या
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । भ्रमणको योग पनि छ ।

वृश्चिक
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाइनेछ ।

मकर
आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । प्रेममा मधुरता छाउने छ ।

मीन
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार