मुलुकभर २४ घण्टामा ३०८ संक्रमित, दाङमा दुई जना थपिए

  पहिलो पेज

 36 पटक हेरिएको

 

दाङ, ९ मंसिर । पछिल्लो २४ घण्टामा मुलुकभर तीन सय ०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । त्यसैगरी दाङमा वितेको २४ घण्टामा दुई जनामा कोभिड संक्रमण पुष्टी भएको छ । संक्रमित हुने लमहीका दुई जना पुरुष रहेका छन् ।

यो सँगै वैशाख महिना यता कोभिडबाट संक्रमित हुनेको संख्या नौ हजार दुई सय ३२ पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मुलुकभर कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ठण्ढ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५ज्ञट पुगेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार