कोमल वलीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने

  पहिलो पेज

 66 पटक हेरिएको

दाङ । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

चितवनमा शुक्रबारबाट हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा भिड्न लागेको बताएकी हुन् । दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी कोमल वली महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् ।

‘म महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छु’ वलीले भनिन ‘सबै नेताहरुको मनोविज्ञान केपी ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्छ भन्ने छ । मेरो पनि त्यही धारणा हो,’ उनले सबैलाई केपी ओलीको नेतृत्व सर्वस्वीकार्य पनि हुने दावी गरेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार