दाङमा माओवादीको वडा अधिवेशन : ९७ वडामा चुनिए नेतृत्व

 

दाङ, ४ मंसिर । नेकपा माओवादी केन्द्रको वडा अधिवेशन आज देशैभर सम्पन्न भएको छ । दाङमा पनि शनिवार भएको वडा अधिवेशनमा तीन वटा बाहेक ९७ वडामा नयाँ नेतृत्व चुनिएका हुन् ।

दाङमा ९७ जना वडा अध्यक्ष चुनिएका हुन् । सबैजसो वडामा सबै वडामा निर्विरोध नेतृत्व चयन भएको नेकपा माओवादीले जनाएको छ । वडा नेतृत्व चयन गर्न माओवादीको केन्द्रीय निर्वाचन आयोगले हरेक वडामा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।

दाङमा ९७ जनामध्ये दुई जना महिला अध्यक्ष घोराही २ मा लेखा अधिकारी र राप्ती ८ मा अञ्जु कार्की निर्वाचित भएकी छन् । निर्वाचत भएका मध्ये ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित छन् ।

दाङका विभिन्न वडामा केन्द्रीय नेताहरु जगप्रसाद शर्मा ‘अपार’ रेखा शर्मा, निर्म आचार्य, हेमराज शर्मा ‘डायमण्ड’ इन्द्रजीत थारु, दामा शर्मा, नारायणी शर्मालगायत प्रदेश नेताहरु लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमबहादुर बुढा मगर, लुमबहादुर कार्की, रामबहादुर दहित, हरिमान पुन, भीमबहादुर ओली, तुलसी डाँगीलगायत सहभागीतामा सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार