लुम्बिनी प्रदेशका पत्रकारहरुको दुर्घटना विमा गराइने

  पहिलो पेज

 161 पटक हेरिएको

दाङ, २८ कार्तिक ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले पत्रकारका लागि दुर्घटनामा विमा गर्ने भएको छ । प्रदेश समितिको दोस्रो बैठकले लुम्बिनी प्रदेशका सञ्चारकर्मीहरुको दुर्घटना विमा गर्ने निर्णय गरेको हो ।

महासंघको लुम्बिनी प्रदेश राजधानी भालुवाङमा महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको उदय जीएमको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले पत्रकार कल्याणकारी कोष स्थापना स्थापना एवं शीतगङ्गा नगरपालिकाबाट प्राप्त करीव ३ रोपनी जग्गामा सुविधासम्पन्न र भव्य प्रदेश कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । महासंघका लुम्बिनी प्रदेशका समितिका अध्यक्ष वसन्त गिरीको संयोजकत्वमा उक्त भवन निर्माण समिति गठन गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

त्यसैगरी प्रदेश समितिले अन्र्तराष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा आयोजना गर्ने भएको छ ।

त्यसैगरी समितिले विभिन्न पाँच विभागहरु गठन गरेको छ ।

संगठन विभागको संयोजक महासचिव विक्रम खड्का, प्रकाशन विभाग संयोजकमा केशरमान बुढाथोकी, अनुशासन विभाग संयोजकमा शुक्रऋषि चौलागाईं, महिला विभाग संयोजकमा चुमा आचार्य, समावेशी विभाग संयोजकमा शिव सुनार, प्रकाशन विभागमा लुम्बिनीको पत्रकारिता नामक इतिहास लगायतका पुस्तक प्रकाशन गर्ने भएको छ ।

त्यसैगरी बैठले रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने, प्रदेशसभामा पेश भएको सन्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरी पुनर्लेखन गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

यसैगरी भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने शीतगङ्गा नगरपालिका र पहल गर्ने महासंघको अर्घाखाँची शाखाप्रती धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार