रुपन्देहीको फर्निचरमा उद्योगमा आगलागी

  पहिलो पेज

 80 पटक हेरिएको

दाङ, २६ कार्तिक । रुपन्देहीको तिलोत्तमास्थित एक फर्निचरमा उद्योगमा आगलागी भएको छ ।

तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको कनौजे फर्निचर उद्योगमा केही बेरअघि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालीका र सिद्धार्थनगर नगरपालिकाको दमकलले प्रयास गरिरहेका थापाले बताए । घटनाका बारेमा थप विवरण आउन बाँकी छ । आगलागी नियन्त्रणका लागि स्थानीय समेत जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार