चीनमा फेरि फैलियो कोरोना

काठमाडौँ । चीनमा पुन: कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ ।

चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् । ‘डेल्टा भेरियन्ट’ अहिले चीनका ११ वटा प्रान्तमा फैलिएको बताइएको छ।

यस्तै, चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

रिपोर्टका अनुसार गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा १०६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए भने उनीहरु विभिन्न १३ वटा समूहका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार