यसरी भयो न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा भएको बाँडफाँटमा भाग्यमानी २ लाख ९ हजार २५० जना आवेदकहरुले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरिदका लागि २२ लाख ५५ हजार ८४ जनाबाट २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन परेको थियो ।

जसमध्य १३ हजार ९४६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्ध गरिएको छ । योग्य २२ लाख ४१ हजार १३८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराई आईपीओ बाँडफाँट गरिएको हो ।

यस आईपीओ खरिदका लागि आवेदन दिएका मध्य २० लाख ५२ हजारभन्दा बढी आवेदकहरुको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणमा असोज १५ गतेदेखि १९ गतेसम्म आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणमा कुल २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो ।

सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार