आर्यन खानसँग अनन्याको सम्बन्ध के छ ? ड्रग्स प्रकरणमा कसरी जोडियो नाम ?

एजेन्सी । बलिउड अभिनेत्री अनन्या पाण्डेको नाम ड्रग्स प्रकरणमा जोडिएको छ। पाण्डेको नाम शाहरु खानका छोरा आर्यनसँग जोडिएको छ।

एनसीबीले उनको घरमा छापा पनि मारेको छ। साथै शाहरुख खानको घरमा पनि छापा मारिएको छ। अनन्या चर्चित बलिउड स्टारका सन्तानमध्ये एक हुन्। उनका पिता बलिउडका प्रसिद्ध अभिनेता चंकी पाण्डे हुन्। उनले धीरुभाई अन्तर्राष्ट्रिय अम्बानी विद्यालयमा अध्ययन गरेकी थिइन्।

अनन्याले ठूलो फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन्। उनलाई निर्देशक करन जोहरले पहिलोपटक फिल्ममा ल्याएका थिए। अनन्याको पहिलो फिल्म ‘स्टुडेण्ड अफ दि एयर २’ हो।

यस फिल्मबाट उनले बेस्ट फिमेल डेब्यु फिल्मफेयर अवार्ड पनि जितेकी थिइन्। उनले सन् २०१९ मा ‘पति, पत्नी और वो’ फिल्ममा अभिनय गरिन्। २०२० मा फिल्म ‘खाली पिली’मा देखिएकी थिइन्। यससँगै उनी बलिउडमा परिचित भएकी थिइन्।

उनको प्रेम जीवनबारे कुरा गर्ने हो भने उनको नाम शाहिद कपुरका भाइ ईशान खट्टरसँग जोडिएको छ। उनको साथीहरुमध्ये शाहरुख खानका छोरा आर्यन खान पनि एक हुन्, जो ड्र,ग्स प्रकरणमा हाल जेलमा छन्।,

हाल अनन्याको नाम यस प्रकरणमा जोडिएको छ। जसका कारण उनको कतिपय प्रोजेक्ट होल्ड भएका छन्। एनसीबीले आर्यन र अनन्याबीच ड्र,ग्सको विषयमा कुराकानी भएको दाबी गरेको छ।

एनसीबीले अब उनीसँग घटनाबारे सोधपुछ गर्नेछ। यसो त आर्यन सहभागी भएको क्रुज पार्टीमा अनन्या पनि गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार