धनुषाबाट सिके राउतका १० जना कार्यकर्ता पक्राउ

जनकपुरधाम । जनकपुरबाट सिके राउत नेतृत्वको जनमत पार्टीका १० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार खानेपानी डिभिजन कार्यालय धनुषाका प्रमुख जागेश्वर कुशवाहमाथि दुव्र्यवहार गरेका अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

प्रदर्शनकारीले अहिले जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रहरीविरूद्ध नाराबाजी गर्दैछन् । एक घण्टा नगर परिक्रमा गराइसकेपछि कुशवाहालाई प्रदर्शनकारीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि पुर्याएका थिए । त्यहाँबाट मात्र प्रहरीले उनको उद्धार गर्न सफल भएको छ ।

धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुशवाहालाई अहिले सुरक्षित स्थानमा राखिएको छ । बन्धक बनाउने १० जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार