आर्यन खान प्रकरण: अभिनेत्री अनन्याको घरमा पनि एनसीबीको छापा

काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीले छापा मारेको छ ।

गत २ अक्टोबरमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेपछि एनसीबीले बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्याको बान्द्रास्थित घरमा बिहीबार मध्यान्ह छापा मारेको हो ।

पक्राउ परेका आर्यन अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् ।

समचारका अनुसार उनलाई पाण्डेलाई बयानका लागि समेत बोलाइएको छ । तर, उनको घरमा छापा मार्नुमा आर्यन केसको लिंक रहे नरहेको बारे बताइएको छैन । अनन्या शाहरुखकी छोरी सुहाना खानकी मिल्ने साथी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार