दिल्लीलाई हराउदै चेन्नई आइपिएलको फाइनलमा

काठमाडौँ । चेन्नई सुपर किंग्स इण्डियन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न पहिलो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै जारी आइपिएलको फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १७३ रनको लक्ष्य पछाएको चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईका लागि रोबिन उथप्पाले सर्बाधिक ६३ रन बनाएका थिए भने रुतुराज गायकवाडले ७० रन बनाएका थिए । त्यस्तै मोइन अलीले १६ र कप्तान महेन्द्रसिंह धोनीले ६ बलमा अविजित १८ रन बनाएका थिए ।

दिल्लीका बलर टम कुरानले ३ विकेट लिए भने एनरीच नोर्त्जे र आभेश खानले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शाले ६० रन बनाए भने कप्तान ऋषव पन्तले अविजित ५१ रन बनाएका थिए । त्यस्तै शिमरोन हेटमायरले ३७ रन बनाए भने अक्सर पटेलले १० रन बनाए ।

त्यस्तै चेन्नईका बलर जोस हजेलवूडले २ विकेट लिए भने रविन्द्र जडेजा, मोईन अल्ली र डवाने ब्राभोले एक एक विकेट लिए ।

दिल्ली यस खेलमा पराजित भएपनि दोस्रो क्वालिफायरमा खेल्न पाउने छ । दिल्लीले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार