थप ५९६ जनामा काेराेना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८७१ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २३७ पीसीआर परीक्षणमा ५६५ र ३ हजार १६७ एन्टिजेन परीक्षणमा १३ जना गरी ५९६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार भने सोही समयमा १० जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार ८५९ जना होम आइसोलेसनमा र १,१६५जना होम आइसोलेसनमा छन् ।

हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २३१ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार