पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कदीर खानको निधन

काठमाडौं । पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कदीर खानको निधन भएको छ। उनको ८५ बर्षको उमेरमा निधन भएको हो।

उनलाई कोभिड–१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागि इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्।

पाकिस्तानी परमाणु वैज्ञानिकलाई आफ्नो देशलाई विश्वकै पहिलो इस्लामिक आणविक शक्तिमा परिणत गरेकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरिएको थियो। यद्यपि पश्चिमा मुलुकहरूले उनलाई फरक आँखाले हेर्ने गरेको पाइन्छ।

फोक्सोको समस्याले गर्दा इस्लामाबादको केआरएल अस्पतालमा सारिएपछि उनको मृत्यु भएको पाकिस्तानको राज्यद्वारा सञ्चालित राष्ट्रिय प्रसारक पीटिभीले पुष्टि गरेको छ।

खानलाई अगस्टमा कोभिड–१९ सँगै त्यही अस्पतालमा भर्ना गरिएको थियो तर केही हप्ताअघि उनी घर फर्किन सक्ने बताएपछि घर लगिएको थियो। उनको स्वास्थ्यमा पुन स्वासप्रस्वासम्बन्धी समस्या देखिएपछि सोही अस्पतालमा लगिएको थियो।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले एक ट्वीटमा भनेका छन्,“‘डा. अब्दुल कादिर खानको निधनको खबरले आफू निकै दुःखी भएको बताए। सन् १९८२ देखि नजिकबाट चिनेदेखि नै मैले उहाँप्रति व्यक्तिगत रूपमा तथा पाकिस्तानी राष्ट्रपतिका हैसियतले उच्च सम्मान गर्दै आएको थिएँ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार