थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८९९ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ र ५ हाजर ८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार भने सोही समयमा ११ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् । तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार