देउवा खराब थिए, खराबै रहने भए- संविधानविद् आचार्य

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको पछिल्लो मन्त्रिपरिषद् विस्तारलाई धेरैले आलोचना गरेका छन।

खासगरि गैरसांसदलाई मन्त्री बनाइएको भन्दै देउवा सरकारको चौतर्फी विरोध भइरहेको छ।

यसैबीच, संविधानविद् डा.भीमार्जुन आचार्यले पनि शुक्रबारको मन्त्रिपरिषद विस्तारको घटना दुस्खद् र आपत्तिजनक रहेको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत उनले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पहिलेको मन्त्रिपरिषद मुलुकका लागि ठिक थिएन भन्दै यी दुबै मन्त्रिपरिषद मुलुकका लागि खराब रहेको बताए।

‘यी दुबै मन्त्रिपरिषद खराब थिए, खराब नै रहने भए,’ शनिबार बिहान ट्वीटरमा लेख्दै आचार्यले भनेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको भन्दै सो कुरामा पनि आचार्यले आपत्ति जनाएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार