स्वास्थ्य मापदण्ड पालना गरेर दशैँ मनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पालना गरेर दसैँ मनाउन आग्रह गरेका छन् ।

घटस्थापनाको अवसर पारेर बिहीवार ट्वीट गर्दै प्रधानमन्त्री देउवाले विजयादशमीको शुभकामना दिएका छन् ।

आजदेखि आजदेखि सुरु भएकाले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सुस्वास्थ्यको कामना समेत गर्दै देउवाले कोरोना मापदण्डलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गरेका छन् ।

बिहीवारदेखि सुरु भएको घटस्थापनाको पहिलो दिन घरघरमा जमरा राखेर मनाइँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार