तपाईको राशिफल: २०७८ असोज २१ गते बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ । धार्मिक यात्रा तय हुनेछ । वाहन लाभ हुने समय पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजबाट नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट रहनु । सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । धार्मिक कार्यमा रुचि बढ्ने छ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्तको प्रगतिमा मन रमाउने छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै कुराले मनमा शान्ति छाउने छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ कार्यमा सरिक भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म, कर्ममा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यमा सरिक पनि भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लाभदायक यात्रा रहनेछ । लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार