डिभी चिठ्ठा खुल्यो, यसरी भर्नुहोस्

काठमाडौं । सन् २०२३ को डाइभर्सिटी भिसा डिभीको आवेदन खुला भएको छ।

बुधबार राति ९ बजेर ४५ मिनेटबाट डिभी चिठ्ठाको आवेद खुला भएको हो। कार्तिक २३ सम्म डिभीको लागि आवेदन दिन सकिने अमेरिकी राज्य विभागले जनाएको छ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू र्भनुपर्नेछ। आवेदन दिनेहरुले तलका उल्लेखित कुरामा ध्यान दिनुपर्छः

१. आवेदनको लागि दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।

३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।

डिभी भर्नको लागि १२ कक्षा पास वा सो सरहको योग्यता हुनुपर्नेछ। आवेदकसँग राहदानी अवश्य हुनुपर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार