देशभर एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा पीसीआर परीक्षणबाट ८ सय ४९ र एन्टिजेन परीक्षणबाट १ सय ९४ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

सहप्रवक्ता अधिकारीका अनुसार २४ पीसीआर विधिबाट ११ हजार १६५ र एन्टिजेन विधिबाट ४ हजार ३०० परीक्षण भएको छ । जम्मा परीक्षण १५ हजार ४६५ गरिएको छ ।

८९१ कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरानाबाट जनाले १२ ज्यान गुमाएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेकोसहप्रवक्ता अधिकारीले जानकारी दिए । जसमा १२१९ जना संस्थागत आइसोलेसनमा छन् । जना १४ हजा ९७५ संक्रमित होम आइसोलेसनमै छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ३३८ जना आइसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेको सहप्रवक्ता अधिकारीले बताए ।

सहप्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९९ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ६५२ पुगेको छ ।जम्मा संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ९२ हजार २६७ पुगेको छ ।

हालसम्म ७ लाख ९२ हजार २९९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १९२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार