रामायणमा रावणको भूमिका निभाएका अभिनेता अरविन्दको मृत्यु

एजेन्सी । पौराणिक टेलिसिरियल ‘रामायण’मा ‘रावण’को भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ ।

हृदयघातका कारण मंगलबार राति ८२ बर्षीय त्रिवेदीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अभिनेता अरविन्दले पौराणिक टेलिश्रृंखला रामायणमा उनी लंकाका राजा रावणको भूमिका निभाएका थिए ।

उनले करिब ३ सयभन्दा बढि हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् ।

अभिनेता त्रिवेदीको मृत्युपछि उनका सहकर्मी अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलियालगायत थुप्रै कलाकारहरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली ब्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार