प्रहरीले निष्पक्ष अनुसन्धानमा सम्झौता गर्दैन भन्ने विश्वास छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीले निष्पक्ष अनुसन्धानमा सम्झौतामा नगर्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।

६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरी अनुसन्धानलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले प्रहरीलाई स्रोत साधनमा सहयोग गर्ने आश्वासन दिए ।

कार्यक्रममा उनले लाइफ टाइम अचिभमेन्ट अवार्ड पहिलो महिला प्रहरी चैतमाया डंगोललाई दिएका थिए । जवानमा भर्ना भइ उनले असइमा अवकाश पाएकी थिइन् । विगतमा उच्च प्रहरी अधिकारीलाई यस्तो पुरस्कार दिइनेमा यसपटक भने ऐतिहासिक व्यक्तिलाई यस्तो पुरस्कारका लागि छनोट गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार