प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएपछि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

मुख्यमन्त्री राउतको पार्टी जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि संविधानअनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा २ का सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् ।

प्रदेश २ प्रदेशसभामा जना १०७ सांसद थिए । त्यसमध्ये माओवादी केन्द्रले तीन जनालाई कारवाही गरेपछि हाल जम्मा सांसद संख्या १०४ रहेको छ । त्यसमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार