परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

मंगलबार दिउँसो परराष्ट्रमन्त्री खड्कासँगको भेटका लागि राजदूत यान्छी सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेकी थिइन् ।

राजदूत यान्छीका अनुसार भेटमा दुई देशका नेताहरुबीच भएको महत्वपूर्ण सहमति लागू गर्न र नेपाल–चीनबीच द्विपक्षीय सहयोगलाई बढवा दिनका लागि मिलेर काम गर्ने विषयमा छलफल भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार