निजी विमान भवनमा खस्यो: अर्बपतिको परिवारसहित ८ जनाको मृत्यु

काठमाडौं । उत्तर इटालीको सहर मिलानमा विमान दुर्घटना भएको छ । इटालियन मिडियाका अनुसार एउटा निजी विमान खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

उक्त विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।

दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार